गजल

यो ! जिन्दगी पनि चोटै चोट पिरै पीरमा छ !

पराई देशमा पसिना बगाउनु तक्दिरमा छ !!

देशकै सेवा गर्छौं, देसमै पढेर मर्छौं भन्थ्यौ !

आज एउटा लगाममा छ अर्को कस्मिरमा छ !!

“बा”परदेशमा हराएका पनि दश वर्ष पुग्यो !

छन त अझै पनि आमाको सिन्दुर सिरमा छ !!

एकछाक खान नपाएकै कारण ज्यान गुमायो !

मरेको लास पैसाको मालामा छ अबिरमा छ !!

स्कुल गएको छोरा डि.ग्री. गरेर खाडी पुग्यो !

राजनीतिमा लागेको छोरा भने, जागिरमा छ !!

खगेन्द्र बजगाईं (अछामी)

सुदुरपश्चिम अछाम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय