
जनै/रक्षाबन्धन बाँधेर रक्षाबन्धनको धागोले मेरो/ मेरो दाइभाई को रक्षा गर्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन र तपाईंहरुलाई पनि लाग्नु हुँदैन !
किनभने, छिमेकी देश भारतको सन्दर्भमा कुरा गर्नै हो भने लामो समय देखि दिदिले दाजुभाइलाई रक्षा कवचको रुपमा धागो/डोरो बाँधिदिने/बाँध्ने चलन रहेको देख्न सकिन्छ तर नेपालको सन्दर्भमा हेर्ने हो भने सदियौ देखि बाहुनहरुले रक्षा बन्धनका दिन जनै लगाउने र (अरु) आम सर्वसाधारणलाई पनि घरघरमा धागो बाँधिदिने गर्दथे/ बाहुनहरुले अहिले पनि तेहि गर्छन अथवा भनौ यो पर्वको मुख्य हिरो बाहुनलाई मानिन्छ ! यसरी धागो बाँध्ने क्रममा दलितहरुलाई धागो नबान्ने छुवाछूत गर्ने गरेको पनि देख्न/इतिहासमा पढ्न पाईन्छ ।

अब कुरा गरौ बर्तमन समयको, आजभोलिको पुँजीवादी युगमा विश्वव्यापीकरणले गर्दा मानिसहरुको श्रम देखि अर्को देशमा उत्पादन भएका वस्तु एवम अर्को देशका संस्कृतिक क्रियाकलापको पनि देशहरुबिच अन्तरघुलन भैरहेको पाईन्छ। यसै अनुरुप पछिल्लो समय भारतमा मनाईने रक्षा बन्धनको तौरतरिका नेपालमा पनि भित्रीएको छ र भारतियहरुको सिको गरेर नेपालमा पनि त्यसरी नै रक्षा बन्धन मनाउने अभ्यास थालिएको छ ।
तथापि भारतिय हिन्दु समुदायले दिदिभाईको रक्षा कवज मानेर डोरो/धागो बाध्नु र नेपाली हिन्दु ब्राह्मणवादिहरुले जनै लगाउनु /धागो/डोरो बाँध्नु यी सबै कार्य अन्धविश्वास र विभेदमा आधारित विभेदकारि संस्कृति हुन् किनभने डोरो बाँध्दैमा रक्षाहुने, रक्षाबन्धनका दिन बाहुनहरुले जनै लाएकै कारण/ बाहुनहरुले रक्षाबन्धन बाँधिदिएकै कारण अथवा डोरो बाँधेकै कारण दाजुभाइ दिदिबहिनीको मृत्यु नै रोकिने/लामो आयु हुने भन्ने कुरा आजको समयमा निकै हास्यास्पद कुरामात्र हो !
के दिदिबहिनी नहुने दाजुभाइहरु बाँच्दै नबाँच्दैनन् होला त ? के उनिहरुको आयु घटिनै हाल्छ त रक्षा बन्धन बाध्न नपाएकै कारण ? जनै नबाँधेकै कारण कति मान्छेको रक्षा भएको छैन आज सम्म ? यस्तो पनि हुन्छ ? यी निकै अवैज्ञानिक र हास्यास्पद कुराहरु हुन् ! कुनै एउटा ब्राह्मण समुदायले धागो/डोरो लाई लिएर अफवाह फैलाउदै सिङ्गो समुदायलाई बेवकुफ बनाएर श्रम नै नगरि छलकपट पूर्ण कार्यद्वारा सदियौ देखि श्रम गरेर समाजलाई सफासुघर राख्ने श्रमजीवी समुदायलाई अछुतो घोषणा गर्दै लाखौ रुपैयाँ हत्याउने कार्य कसरी सम्मानजनक हुन्छ ? यस्तो विभेदकारी संस्कृति हामीले किन अनुसरण गर्नु पर्ने ?
आजको समयमा नेपालमा जनै मात्रै लाखौ करोडौं रुपैयाँको छिमेकी देशहरुबाट आयात गरिएको समचारहरु सुन्न/देख्न पाईन्छन् । के यो ठिक हो ? छिमेकिहरु अन्तरिक्षमा पुगिसके हामी भने आफ्नै रक्षा कवज उल्टै छिमेकी देशबाट लाखौं करोडौं रुपैयाँको आयात गर्दै बसिरहेका छौं ! यो कस्तो दासत्व हो ? मानिसले संस्कृति बनाएको हो कि संस्कृतिले मानिसलाई ? बिचार गरौं !
होला मानिसहरुलाई खुसि साट्न/खुसि हुन/रमाउन संस्कृतिक क्रियाकलापहरु को आवश्यकता पर्छ ! तर संस्कार संस्कृतिकको नाममा आफुलाई यस्तो पनि नबनाउ जस्ले दास नै बनावस् । सचेत बनौ! संस्कार संस्कृति पनि सचेत बनेर बसालौं/मनौं !अन्धविश्वासहरुलाई बहिस्कार गरौं हरेक संस्कृतिलाई लिएर कमसेकम वैज्ञानिक ढंगले सोच्ने गरौ ! संस्कार यस्तो बसालौं जो प्रकृतिको रक्षा कवज बनोस् ! संस्कृति यस्तो अनुसरण गरौं जो समग्र मानव समुदायलाई सचेत ढंगले बाँच्न सिकाओस् ! ✊