के.पी. ओलीको निरंकुश र सत्ता दुरुपयोगको ताजा प्रमाण हेरौं।२०८१ साल पुष २० गते सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकामा भरौल भेट्रान फुटबल क्लबको आयोजनामा हुने फुटबल खेलको उद्घाटनका लागि मलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।

सबै तयारी भइसकेको थियो । तर के.पी. ओली गुटले कार्यक्रमलाई रोक्नको लागि पुष १९ गते राती १२ बजे उक्त क्लबका अध्यक्षलाई बामाले टोलीले अपहरण शैलीमा लगी धम्क्याएर कार्यक्रम स्थगित भएको वक्तव्य दिन लगायो ।

साथै मलाई उक्त कार्यक्रमको उद्घाटनमा आमन्त्रण गर्न पहल गर्ने एमालेकै सदस्यलाई के.पी. ओलीले आफै फोन गर्दै ‘हाम्रो पार्टीलाई क्षति हुने’ भएकोले भीम रावललाई प्रमुख अतिथि बनाइएको कार्यक्रम रोक्न दवाव दिनु भएको थियो ।

यो घटना के.पी. ओलीको निरंकुश, स्वेच्छाचारी र तानाशाही चरित्रको स्पष्ट प्रमाण होइन र ? यस्तो कार्यका विरुद्ध आवाज उठाऔं !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय