
सुत्केरी हुने बित्तिकै अत्याधिक रक्तश्रावको कारणले आमाको ज्यान गएपछि दुई छोरा आमा जलिरहेको चित्ता हेर्दै।।
यो दृश्य अछाम जिल्लाको ढकारी गाउँपालिका वडा न ८ को हो! सरिताले बच्चालाई जन्म दिएर संसार छोडिन्, । नवजात शिशु दूध खान नपाएर रोएको रोयै छ। दुइटा साना छोरा आमा मरेपछी कपाल खौरेर आमाको फोटो अगाडि बसेर रुवाबासी गर्दै छ्न। मृतक सरिताका श्रीमान् आखा देख्दैनन। गाउमा कसैले बच्चालाई दूध दिदैनन। हरेक बज्रपात पनि गरिबमाथी मात्र किन बर्षाउछौ भगवान् ??

जन्मने बित्तिकैको त्यो सानो बच्चालाई बचाउन अब केही मनकारी सहयोगी हातहरुको आवस्यक छ। म पनि मेरो ब्यक्तिगत तर्फबाट सकेको गर्ने छु। हजुरहरुले पनि मानबताको नाताले सानोतिनो सहयोग गर्न चाहनु हुन्छ भने कृपया मलाई म्यासेज गर्नु होला। तपाईं हाम्रो सानो सहयोगले त्यो दुधे बालक बचाउन मद्दत मिल्नेछ!सबै मिलेर केही गरौ प्लिज !
आमाको चिता सँगै बल्यो दुई नाबालक भाईको सपना । सुत्केरी हुने बित्तिकै अत्याधिक रक्तश्रावको कारणले आमाको ज्यान गएपछि दुई छोरा आमा जलिरहेको चित्ता हेर्दै।।
आमाको काखमा खेल्ने र रमाउने बेला आफूलाई माया गर्ने आमा आगोमा जलेको हेर्नू पर्ने कस्तो दिन आयो कठैबरी रेडियो गाउँघरका प्रबन्ध निर्देशक Tek Bahadur Thapa जानकारी दिनु भयो।