दाङ। शनिबार राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । राजपुर गाउँपालिका-२ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिनुभयो ।
दुध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान करिब साढे ९ बजे लमही नगरपालिका-हस्नापुर घाटबाट उनी बगेर बेपत्ता भएका थिए । केसीकाअनुसार बेपत्ता यादवको शव आइतबार बिहान साढे ७ बजे फेला परेको हो । उहाँका अनुसार यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिमतर्फ बगरमा फेला परेको हो ।








